Logo
Logo

मेयर साम्पाङले श्रमदानको रकम भुक्तानी गर्न खोज्दा…


3.2k
Shares

धरान । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच विवाद चुलिँदै गएको छ । मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवाद बढ्दै गएको हो ।

मेयर साम्पाङ श्रमदानको रकम भुक्तानी गर्न खोज्दा थप विवादित बनेका छन् । बहुभाषिक पाठशालामा गरिएको श्रमदान कार्यको बील पेस गर्न लगाइ आसेपासेलाई डोर हाजिरी फाराम भराएर रकम भुक्तानी दाबी गरिएको मेयर साम्पाङमाथि आरोप छ ।

तर, अनुगमन समितिका संयोजकसमेत रहेका उपमेयर बेघाले श्रमदान वापतको रमक निकासा गर्न रोकिदिएका छन् । यस विषयमा मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँलाई स्पष्टीकरण सोधेका छन् ।

बहुभाषिक पाठशालानजिकै टटबन्ध निर्माणमा तारजाली लगाउने कार्यको आफैँले सम्झौता गरी सबै प्रक्रिया पूरा भएको, सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी नदिनुको कारण पेश गर्न भन्दै मेयर साम्पाङले विहीबार लिखित स्पष्टीकरण सोधेका हुन् ।

उनले अन्य योजनाको भुक्तानी नहुने देखिए आउने असहज परिस्थिति के–कसरी समाधान गर्नुहुन्छ ? भन्दै प्रशासकीय अधिकृतलाई लिखित जानकारी दिन चेतावानीयुक्त भाषामा निर्देशन दिएका छन् ।

‘उपमेयरको पत्रकार सम्मेलनको जवाफ’ भन्दै मेयर साम्पाङले आज बिहानै प्रमुख प्रशासकीय अधिकृतलाई सोधिएको स्पष्टीकरणको पत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।

केहीदिनअघि साम्पाङका समर्थकले उपमेयरमाथि हातपातको समेत प्रयास गरेका थिए । मेयर र उपमेयरको विवादकै कारण धरानले नयाँ बजेटसमेत ल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्