Logo
Logo

नेपाललाई इतिहास रच्ने अवसर 


1.4k
Shares

काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को छनोट यात्रा निर्णायक मोडमा पुगेको छ । तासकन्तमा शनिवार हुने समूह चरणको अन्तिम खेलमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ, जसले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने टोलीको टुङ्गो लगाउनेछ । 

खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा नेपाल र उज्वेकिस्तानले शानदार प्रदर्शन गर्दै समान ६ अङ्क र १७ गोलसहित शीर्ष स्थानमा छन् । दुवै टोलीले हालसम्म कुनै गोल खाएका छैनन् ।

विजेता टोलीले एसियन कपको टिकट हात पार्नेछ । फिफा वरीयतामा उज्वेकिस्तान ५१औँ स्थानमा छ, जबकि नेपाल १००औँ स्थानमा । विगतका तीन भेटमा उज्वेकिस्तानले सबै जित हासिल गर्दै ११ गोल गरेको छ, नेपालले मात्र ३ गोल फर्काउन सकेको छ ।

सन् २०१९ को नादेज्दा कपमा नेपालले समूह चरणमा २–० र फाइनलमा ३–२ को हार बेहोरेको थियो । फाइनलमा सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलले नेपाललाई खेलमा फर्काउने प्रयास गरे पनि बराबरी सम्भव भएको थिएन । उज्वेकिस्तानसँग एसियन कपको पाँचपटकको अनुभव छ, जसले उसलाई थप आत्मविश्वास प्रदान गर्छ ।

यद्यपि, यो खेल नेपालका लागि इतिहास रच्ने अवसर हो, जसले नेपाली महिला फुटबलको नयाँ अध्याय सुरु गर्न सक्छ । आजको खेल केवल प्रतिस्पर्धा मात्र होइन, नेपालको सपना, इतिहास र सम्भावनाको सङ्गम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्