Logo
Logo

पुल भाँचिएपछि नाला–च्यामासिङ सडक अवरुद्ध


441
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं.४ र १ को सीमास्थलमा रहेको पुल भाँचिएपछि नाला–च्यामासिङ सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । 

The current image has no alternative text. The file name is: bridge.gif

यो सडक पूर्वबाट काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्डमा सडक विस्तारको काम भइरहेकाले विगत दुई वर्षदेखि अधिकांश सवारीसाधन नाला–च्यामासिङ मार्ग हुँदै आवतजावत गर्दै आएका थिए ।

 सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार, भाँचिएको पुलमा ह्युम पाइप राखेर माथि माटो भरेर अस्थायी रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । यसैबीच, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले भाँचिएको पुलको निरीक्षण गरी तत्काल आवागमन सहज बनाउन अस्थायी व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्