Logo
Logo

एमालेले गठबन्धनको न्यूनतम शिष्टाचारसमेत पालना गरेन : विमलेन्द्र निधि


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेकपा (एमाले)ले स्थानीय तहमा सत्ता गठबन्धनको न्यूनतम शिष्टाचारसमेत पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिवार पार्टीका नेता–कार्यकर्तासँगको भेटमा उनले यस्तो बताए ।

निधिका अनुसार, नेपाली कांग्रेस सहमति र सामूहिक अभियानका लागि सधैँ तयार छ, तर एमालेले सहमति र सहकार्यमा जोड नदिएको उनको भनाइ छ । उनले एमालेले नगरपालिकाहरूमा बजेट ल्याउन अवरोध सिर्जना गरेको आरोप लगाए । ‘कांग्रेस सहमति र सामूहिक अभियानका लागि तयार छ, तर एमाले सहभागी हुँदैन । समस्या यहीँ छ,’ उनले भने, ‘नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्नसमेत रोकिरहेको छ ।’

उनले कतिपय नगरपालिकामा मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन दबाब दिइएको र यो गठबन्धनको शिष्टाचारविपरीत भएको बताए । ‘मेयरको अधिकार खोस्ने कार्यविधि बनाउन भनिएको छ।  के प्रधानमन्त्रीको अधिकार कटौती गर्ने नियम मन्त्रिपरिषदमा स्वीकार हुन्छरु सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना भएको छैन,’ उनले भने ।

सांसद निधिले राजनीतिक प्रतिशोधका कारण नेताहरूले एक–अर्काले ल्याएका योजनामा अवरोध गरेको र सामूहिक सरोकारका विषयमा बाधा पुर्‍याएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्