काठमाडौं । गायक बाबा पाख्रिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनी माओवादी केन्द्रको सदस्य बनेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार, पाख्रिनसहित सयौँ व्यक्तिहरूले उक्त कार्यक्रममा पार्टी प्रवेश गरेका छन् । ‘जाने बेलामा’, ‘हातै काटी’, ‘कतारको पिलेन’, ‘तु तारे’ लगायत दर्जनौँ लोकप्रिय गीतमा स्वर दिएका पाख्रिनले आफ्ना गीतहरूमा अभिनयसमेत गर्दै आएका छन् ।