Logo
Logo

भाषणले भन्दा गीत–सङ्गीतले बढी उत्साह जगाएको छ : प्रचण्ड


756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको तयारीका क्रममा भाषण र सैद्धान्तिक व्याख्याभन्दा गीत–सङ्गीतले जनतामा बढी उत्साह जगाएको बताएका छन् ।

The current image has no alternative text. The file name is: prachand-5.gif

 शनिवार गायक बाबा पाख्रिनलाई पार्टीमा प्रवेश गराउँदै प्रचण्डले भने, ‘भूमिगत अवस्थामा जनयुद्धको तयारी गर्दा गीत र सङ्गीतले जनतामा ठुलो उत्साह भरेको थियो ।’ उनले भाषण र दार्शनिक सिद्धान्तको व्याख्याभन्दा गीत, सङ्गीत र नृत्यले जनयुद्धको तयारीमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

 प्रचण्डले आगामी निर्वाचनमा गायक पाख्रिनको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘आगामी निर्वाचनको लडाइँमा बाबा पाख्रिनजस्ता साथीहरूको भूमिका निर्णायक हुनेछ भन्ने मलाई विश्वास छ ।’  

प्रतिक्रिया दिनुहोस्