Logo
Logo

विराटनगरले रिटेन गर्‍यो सन्दीपसहित ६ खेलाडी


1k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ । टिमले शनिवार ६ खेलाडीलाई रिटेन गरेको घोषणा गरेको हो ।

The current image has no alternative text. The file name is: biratnager.gif

यसअघि मार्की खेलाडी सन्दीप लामिछानेलाई रिटेन गर्ने निर्णय गरिसकेको विराटनगरले उनलाई दोस्रो सिजनमा पनि मार्की खेलाडी र कप्तानको रूपमा निरन्तरता दिने जनाएको छ । रिटेन गरिएका अन्य खेलाडीहरूमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन् ।

पहिलो सिजनमा विराटनगरको प्रदर्शन कमजोर रहेको थियो । ७ खेलमा मात्र २ जित हासिल गर्दै टिम ८ टोलीमध्ये सातौँ स्थानमा रहेको थियो। एनपीएलको नियमअनुसार प्रत्येक टिमले मार्की खेलाडीबाहेक ६ जना खेलाडी रिटेन गर्न सक्छन् । सबै ८ टिमले आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् । दोस्रो सिजनका लागि आगामी अगस्टमा मिनी अक्सन हुने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्