धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आयोजना गरेको श्रमदानमा सहभागी भएका वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउन नेकपा ९एमाले० धरानले सिफारिस गरेको छ ।

एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार, वडाध्यक्ष धनबहादुरले पार्टीको हितविपरीत काम गरेको भन्दै कारबाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरिएको हो ।
२०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष राई कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशनविपरीत काम गर्ने र पार्टीले बोलाएका बैठकमा सहभागी नहुने गरेको उपाध्यक्ष पारसले बताए ।
धनबहादुरलाई पटक९पटक सम्झाउँदा पनि अटेर गरेको र तीनपटक स्पष्टीकरण सोध्दा समेत सन्तोषजनक जवाफ नदिएको कारण निर्वाचन आयोगमा बर्खास्तीको सिफारिस गरिएको उनले बताएका छन् । एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पर्सुराम यादवले धनबहादुरलाई एकपटक पार्टी कार्यालयमा बोलाएर कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।