Logo
Logo

राजनीतिलाई शुद्ध नगरेसम्म मुलुकमा सुधार सम्भव छैन : बाबुराम भट्टराई


315
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिलाई शुद्ध नगरेसम्म अन्य क्षेत्रमा सुधार सम्भव नहुने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीति अहिले विकृत बनेको उल्लेख गरे।

The current image has no alternative text. The file name is: babbaba.gif

उनले राजनीतिलाई स्वच्छ बनाउन आफूहरू प्रयासरत रहेको बताए। राजनीति शुद्ध भएपछि मात्र ऐन, कानुन र संविधानमा सुधार गर्न सकिने उनको भनाइ थियो । 

शिक्षा क्षेत्रको सुधारका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको भन्दै भट्टराईले निजी क्षेत्रलाई शिक्षा क्षेत्रबाट पूर्ण रूपमा अलग गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्