Logo
Logo

पाँच कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध’विरुद्ध प्रदर्शन गर्ने


1.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित पाँच कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध र आक्रमणको विरोध’मा छिट्टै काठमाडौंमा ठुलो प्रदर्शन गर्ने निर्णय गरेका छन् । शनिवार माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव), नेकपा मसाल र नेकपा (क्रान्तिकारी माओवादी) सहभागी थिए ।

The current image has no alternative text. The file name is: meeting.gif

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार, प्रदर्शनको ठोस योजना बनाउन प्रत्येक पार्टीबाट दुई–दुई जना रहने गरी कार्यदल गठन गरिएको छ । उनले भने, ‘इजरायलको प्यालेस्टाइनमाथिको र अमेरिका–इजरायलको इरानमाथिको आक्रमणविरुद्ध हामीले राष्ट्रिय नाचघरमा गरेको अन्तरक्रियाको समीक्षा गर्‍यौँ। कार्यक्रम प्रभावकारी भएको र सन्देश सकारात्मक रूपमा प्रवाह भएको निष्कर्ष निकाल्यौँ ।’ उनले भने , ‘साम्राज्यवादी युद्ध र आक्रमणविरुद्ध छिट्टै काठमाडौँमा ठुलो प्रदर्शन गर्न कार्यदल गठन गरेका छौँ। कार्यदलको बैठक पर्सि बस्नेछ र ठोस कार्यक्रम तय गर्नेछ ।’

कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ र लिलामणि पोखरेल, नेकपा (एकीकृत समाजवादी) बाट बलराम बास्कोटा र पछि थप हुने एक जना, नेकपा (क्रान्तिकारी माओवादी) बाट परि थापा र पछि थप हुने एक जना, नेकपाबाट खड्गबहादुर विश्वकर्मा र चिरण सी, तथा नेकपा मसालबाट भैरव रेग्मी र पछि थप हुने एक जना रहनेछन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्