Logo
Logo

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल सीमा कायमै ; कर्ण थापा


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले पार्टीको नेतृत्वमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा कायमै रहेको बताएका छन् । शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले विधान महाधिवेशनले पारित गरेको व्यवस्था राष्ट्रिय महाधिवेशनपछि जालझेल गरी छापिएको दाबी गरे।

The current image has no alternative text. The file name is: karna-thapa.jpg

 ‘केही नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो पदको दुरुपयोग गरी राष्ट्रिय महाधिवेशनबाट विधान परिवर्तन भएको भन्ने दाबी गर्छन्,’ थापाले भने, ‘तर, विधान महाधिवेशनमा यस्तो कुनै छलफल वा परिवर्तन भएको छैन । प्रथम विधान महाधिवेशनले पारित गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था यथावत् छ । ’उनले २०७९ कात्तिक ५ मा छापिएको विधान नै आधिकारिक भएको जिकिर गरे।

 ‘त्यो विधानमा जे पारित भएको थियो, त्यही छापिएको छ,’ उनले भने, ‘तर, पुस ५ मा छापिएका दुई विधानमध्ये एउटामा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबाट पारित भनिएको छ, जुन गलत हो। हामीसँग विधान महाधिवेशनले पारित गरेको मूल विधान सुरक्षित छ, जसमा कुनै छलफल बिना जालझेलपूर्ण तरिकाले अर्को संस्करण छापिएको छ। यस्तो कार्य नभएको भए राम्रो हुन्थ्यो।’थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टीमा फर्कने कुरामा कुनै प्रश्न नरहेको बताए। ‘राष्ट्रपति हुँदा पार्टीको राजनीतिमा आउँछु भन्नुभएको भए प्रश्न उठ्न सक्थ्यो,’ उनले भने, ‘पदीय जिम्मेवारी पूरा गरेर फर्कनुभएको छ। उहाँले देशका लागि अझै योगदान दिन सक्ने ऊर्जा, अनुभव र क्षमता रहेको बताउनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्