Logo
Logo

कांग्रेस गठबन्धन परिवर्तन गर्ने योजना छैन ; मीन विश्वकर्मा


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वर्तमान सत्ता गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारलाई प्रभावकारी बनाउने विषयमा पार्टी बैठकमा छलफल भएको तर वर्तमान गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका हुन् । 

The current image has no alternative text. The file name is: mean.gif

नेता विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुई वटै काँध थापिदिँदा पनि गति पक्रिन नसकेको बताए । गत शुक्रवार शीतल निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटलाई सरकार बदल्ने भेटको रूपमा चित्रण गर्न नहुने उनले बताए । 

विश्वकर्माले सरकार जनताको टुटेको विश्वासलाई कसरी जोड्ने भन्नेतर्फ लाग्न आवश्यक रहेको धारणा राखे ।  

प्रतिक्रिया दिनुहोस्