Logo
Logo

नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३२ साउन ।
नेपाल प्रहरीका एक डिआईजीलाई पनि कोरोना संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो । उनको अवस्था सामान्य छ ।


कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचराीमा संक्रमण बढीरहेको छ । शनिबारसम्म पाँच सय ५१ जनामा कोभिड–१९ देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरीहरु डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए । स्याङजा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङजाका प्रहरी प्रमुख भने निको भइसकेका छन् ।
प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । जहाँ करिब ४० प्रहरी कार्यरत छन् । सामाखुशीस्थित विपद् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ । संक्रमण बढ्दै गएकोले सर्वसाधरणलाई समेत त्यहाँ राख्ने गरी आइसोलेसन वार्ड बनाउन लागिएको छ ।
सरकारले प्रहरी अस्पताललाई कोभिड–१९ उपचारका लागि लेभल–२ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ हाल १० वटा आईसियु रहेकोमा १० वटा थप्ने र भेन्टिलेटर समेत राख्ने तयारी भएपनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्