Logo
Logo

सरकारको किसानप्रति सोच नै गलत छ : शेखर कोइराला 


441
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले सरकारको किसानप्रतिको दृष्टिकोण गलत रहेको बताएका छन् । शनिवार काठमाडौंमा स्व। गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

The current image has no alternative text. The file name is: sekhar.gif

कोइरालाले सरकारले उखु किसानका लागि दिँदै आएको अनुदान कटौती गरेकोमा आपत्ति जनाए । उनले भने, ‘मन्त्रीहरूको विदेश भ्रमणलाई चार पटक रोके मात्रै डेढ अर्ब रुपैयाँ जम्मा हुन्छ, जुन किसानका लागि पर्याप्त हुन्छ।’

उनले भने,  ‘नेपाली काँग्रेसको नेतृत्व सभापतिजीले लिनुपर्छ र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । हामी हाइड्रोपावर र आधुनिक खेतीमा ध्यान दिनुपर्छ । म आफैँ २० बिगाहमा उखु खेती गर्छु, तर सरकारले २५ वर्षदेखि दिँदै आएको उखु किसानको अनुदान यसपटक कटौती गरेको छ । डेढ अर्बको अनुदान रोक्ने सरकारले मन्त्रीहरूको विदेश भ्रमणमा भने खर्च गरिरहेको छ । यस्तो सोचले किसानको हित हुँदैन ।’

उनले नेपालमा ‘केही भएको छैन, केही गर्न सकिँदैन’ भन्ने नकारात्मक भाष्य बनाइएको बताउँदै ‘हामी सक्छौँ’ भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्ने जोड दिए । उनले किसानलाई नवीन दृष्टिकोणले हेर्न र उनीहरूको हितमा काम गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्