Logo
Logo

बागमती प्रदेश सभा बैठक बस्दै, बजेट पास गर्ने तयारी


252
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज बस्ने संसद बैठकबाट पास गर्ने तयारी छ ।
उक्त बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

असार १२ देखि जारी बजेट छलफलमा विवाद भएपछि शनिबार (असार २१) साँझ बसेको प्रदेश सभा बैठकबाट पूरक प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्