Logo
Logo

केपी ओलीकै प्रस्तावमा भण्डारी राजनीतिमा आउनुहुन्छ : रघुवीर


945
Shares

काठठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा राजनीतिमा आउने प्रतिक्रिया दिएका छन् ।

जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता हासेठले पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै अन्तरविरोध नरहेको भन्दै भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरे ।

ओलीनिकट रहेका महासेठले भने, ‘ओली र भण्डारीबीच अन्तरविरोध बढिरहेको छ, र कार्यकर्ताहरू कित्ताकाट गरिरहेको चर्चा चलेको छ, तर त्यसमा कुनै पनि सत्यता छैन । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।

संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले भण्डारी पनि राजनीतिमा फर्किन सक्ने महासेठको भनाइ छ । पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको बताउँदै उनले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन ।’

राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी भण्डारीले असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्