काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल चेक बाउन्सको आरोपमा पक्राउ परेको एक हप्तामै रिहा भएका छन् । गत १३ असारमा पक्राउ परेका भेटवाललाई अदालतले म्याद थप नगरेपछि १९ असारमा छुटेका हुन् ।

१३ असारमा पक्राउ परेका भेटवालका लागि सोही दिनबाट गणना हुने गरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो । पक्राउलगत्तै उनलाई स्वास्थ्यका कारण देखाउँदै अस्पताल भर्ना गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, भेटवाल अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । तर, स्वास्थ्यको कारण देखाउँदै अदालतले म्याद थप नगरेको उनले बताए । भेटवालमाथि करिब १० करोड रुपैयाँको चेक बाउन्सको आरोप छ ।