Logo
Logo

सर्वोच्चको आदेशपछि त्रिविको ताला खुल्यो, प्रवेशमा अवरोध कायमै


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएको छ । उपकुलपतिसहितका पदाधिकारीलाई अखिल क्रान्तिकारीका विद्यार्थीहरूले विश्वविद्यालय प्रवेशमा अवरोध गरेका हुन् ।

The current image has no alternative text. The file name is: TU.jpg

सर्वोच्च अदालतले गत बुधवार त्रिविमा लगाइएको ताला तत्काल खोल्न आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय र कीर्तिपुर प्रहरी वृत्तको नाममा ताला खोल्न अन्तरिम आदेश दिइएको थियो । सोही आदेशअनुसार शुक्रवार बिहान आंशिक प्राध्यापकहरू र नेविसंघ निकट विद्यार्थीहरूले अखिल क्रान्तिकारीले लगाएको ताला खोलेका थिए ।

ताला खोलिए लगत्तै अखिल क्रान्तिकारीले पदाधिकारीहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ । सङ्गठनका त्रिवि कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म प्रवेश निषेध गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्