Logo
Logo

टावरलाई लिएर चरित्र हत्या भयो, बालेनलाई सहयोग गर्न तयार छु : सरोज गुरागाईँ


3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पुरानो बसपार्कस्थित काठमाडौं टावर विवादमा आफ्नो चरित्र हत्या भएको दाबी गरेका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टावरको नक्सा स्वीकृति प्रक्रियामा आफूले कुनै अनियमितता नगरेको र पहिलेदेखि भएका निर्णयहरूलाई मात्र अनुमोदन गरेको बताए ।

The current image has no alternative text. The file name is: guragie.gif

‘मैले कुनै अनियमितता गरेको छैन, मेरो चरित्र हत्या भएको छ,’ गुरागाईँले भने । उनले आफूमाथि कपोलकल्पित र भ्रामक सूचनामार्फत निरन्तर आरोप लगाइएको भन्दै बाध्य भएर मुख खोलेको उल्लेख गरे । ‘मैले पहिलाका निर्णयलाई निरन्तरता मात्र दिएको हो । सम्बन्धित निकायले मेरो कमजोरी देखाएर दोषी ठहर गरोस्, म कारबाही भोग्न तयार छु, तर अहिले जसरी लाञ्छना लगाइएको छ, त्यो गलत छ,’ उनले भने ।

काठमाडौं टावरको नक्सा स्वीकृति प्रक्रिया कागजातअनुसार विधिसम्मत रूपमा अघि बढेको देखिन्छ । प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई सम्बोधन गरी फाइल उठाएको थियो । उक्त फाइल मेयर बालेन्द्र साहकहाँ पुगेपछि २०८० पुस २ गते पाँच लाख जरिवानासहित स्वीकृत भएको छ । मङ्सिर २७ मा मेयरलाई पठाइएको फाइलमा ‘नगर प्रमुखज्यूको निर्णयअनुसार जरिवाना तोक्न प्रस्तुत गरेको छु’ भनिएको छ ।

गुरागाईँले स्वीकृत गरेको फाइलमा पनि मेयर साहको निर्णय र अधिकारीको आदेशअनुसार नक्सा स्वीकृत भएको उल्लेख छ । कागजातमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३५ र ३८ को आधारमा नक्सा स्वीकृत भएको उल्लेख छ । भवनको मापदण्ड पनि पालना भएको देखिन्छ । गुरागाईँले आफूले निर्णय भइसकेको विषयमा प्रमाणपत्र मात्र दिएको दोहो¥याए ।
उनले मेयर साहको सचिवालयको हवला दिँदै आएका समाचारप्रति गुनासो व्यक्त गरे । छानबिन समितिले समेत आफ्नो दोष नदेखाएको उनको तर्क छ ।

गुरागाईँले टावर विवादले बजेट प्रक्रियामा अवरोध नहुनुपर्ने बताए । उनले आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको उल्लेख गरे । ‘म बजेट आउनुपर्छ भन्ने पक्षमा छु । मेयर र जनप्रतिनिधिका निर्णयमा बाधक बन्दिनँ,’ उनले भने, ‘तर बजेट र टावरको विषयलाई जोड्नु आवश्यक छैन । बिनाप्रमाण कसैलाई भ्रष्टाचारी भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्