Logo
Logo

भागेको छैन, मृत्युदण्ड नै दिए पनि स्वीकार्छु : अशोक यादव


2.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवले आफू फरार नरहेको स्पष्ट पारेका छन् । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्की दिएको आरोपमा फरार रहेको भनिएका यादवले आइतबार भिडियोमार्फत आफू फरार नभएको दाबी गरेका हुन् । 

उनले आफ्नो छोराको उपचारका लागि अस्पतालमा रहेको बताए ।  ‘म फरार छैन, म डराउँदिनँ । प्रहरीले डाकाको शैलीमा मेरो घरमा आएर मेरो छोरालाई कुटपिट गरी घाइते बनाएको छ । उसको घाँटीको नसा फाटिएको छ । म उसको उपचारका लागि अस्पताल गएको छु,’ उनले भने । 

यादवले राति १२ बजे प्रहरीले आफ्नो घरमा आएर छोरामाथि कुटपिट गरेको आरोप लगाए । यादवले मधेशमा भइरहेको भ्रष्टाचार, बेथिति र लुटतन्त्रविरुद्ध निरन्तर आवाज उठाउँदै आएको र त्यसैको परिणामस्वरूप यो घटना भएको बताए ।  ‘राज्यले मलाई अपराधी ठानेर मुद्दा चलाउँछ भने म सयवटा मुद्दा सामना गर्न तयार छु ।  मधेशी जनताको अधिकारका लागि म सधैँ लडिरहन्छु,’ उनले भने , ‘मृत्युदण्ड नै दिए पनि स्वीकार्छु, तर मधेशी जनताको हकका लागि मेरो लडाइँ जारी रहनेछ । ’यादवविरुद्ध गत असार २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्