Logo
Logo

यस्तो छ आजको मौसम


378
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (रासेमबार) बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । दिउँसो देशको पहाडी भू–बागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागको एक–दुई स्थानगमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । साथै देशको पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकि भू–बागको एक–दुई स्थानमा राति पनि मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदृपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा राति पनि हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्