Logo
Logo

पाल्पामा युवती बलात्कार आरोपमा ६२ वर्षीय पुरुष पक्राउ


1k
Shares

काठमाडौं । पाल्पामा बलात्कार आरोपमा ६२ वर्षीय एक पुरुष पक्राउ परेका छन् । २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तानसेन नगरपालिका–१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पाल्पाकै २३ वर्षीया युवतीलाई यही असार २० गते शुक्रबार जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई लहरेपीपलबाट पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो । कार्कीविरुद्ध जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्