Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै


315
Shares

काठमाडौं । नेपाली कांगेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । असार १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आजपनि दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीगत सांगठनिक विषयहरू, सरकारका कामकारबाही र सरकारले ल्याएको बजेटबारे समीक्षा भइरहेको छ ।

यसअघि सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर,बद्रीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।

त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत लगायत नेताहरुले आ–आफ्ना धारणा राखेका थिए ।

अब आज बस्ने बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापितद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले आफ्ना धारणा राखेपछि सभापति शेरबहादुर देउवाले निष्कर्षसहित सम्बोधन गर्नेछन्। त्यसपछि आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्