Logo
Logo

राज्यमन्त्री चौधरीले आज राजीनामा बुझाउँदै


756
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले आज राजीनामा बुझाउँदैछन् ।

उनले आइतबार नै राजीनामा बुझाउने तयारी गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली बेली हुम्ला गएकाले रोकिएको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

अध्यक्ष रन्जिताले भनिन्, ‘प्रधानमन्त्रीज्यू राति १० बजेमात्रै फर्कनुभएछ । आज बिहान राजीनामा बुझाउँदैछौं । प्रधानमन्त्री भेटिनुभयो भने उहाँलाई दिन्छौं । नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गर्छौ ।’

शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने निर्णय गरेको थियो । नाउपाले सरकारलाई दिएको समर्थन फिर्तासँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको छ ।

संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्