Logo
Logo

नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो


315
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता भएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्किएको हो ।

टोलीलाई एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले विमानस्थलमा स्थागत गरे ।उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।

छनोटमा नेपालले पहिलो खेलमा लाओससँग ९–० को र दोस्रो खेलमा श्रीलंकासँग ८–० को जित निकालेको थियो । तर, अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि टोली आज काठमाडौं फिर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्