Logo
Logo

अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध महाअभियोग माग


945
Shares

काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

The current image has no alternative text. The file name is: samsad.gif

जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको जघन्य अपराधमा दोषी ठहर भएका आलमलाई उच्च अदालतले सफाइ दिएको फैसलालाई सांसद साहले राजनीतिक संरक्षणको परिणाम भएको बताए ।

उनले भने, ‘मिडिया र जनमानसमा यो फैसलालाई राजनीतिक संरक्षणको रूपमा हेरिएको छ । यदि सरकारले स्वतन्त्र न्यायपालिका सुनिश्चित गर्न र राजनीतिक हस्तक्षेप नभएको प्रमाणित गर्न चाहन्छ भने न्यायाधीश थारु र महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया सुरु गर्नुपर्छ ।’

उनले यस्तो कदम नचालिए गठबन्धन सरकारले आलमलाई जानाजान सफाइ दिएको सन्देश जाने बताए । ‘यस्तो अवस्थाले लोकतन्त्र र न्याय प्रणालीमाथि गम्भीर आघात पुग्छ,’ उनले भने । साथै, उनले राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति तत्काल रोक्न सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्