Logo
Logo

पछिल्लो ६ दिनदेखि बढिरहेको नेप्सेमा ‘करेक्सन’


315
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा सोमबार करेक्सन भएको हो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक ११०.५९ अङ्क बढेको थियो । सोही मौकामा अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा नेप्सेमा करेक्सन भएको हो ।

सोमबार नेप्से परिसूचक २२.३५ अङ्क घटेर २६८४.०१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेकस ४.१३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.६२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अङ्क घटेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार साढे ९ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । भगवती हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशत बढेको छ । कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्