Logo
Logo

‘कूलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि


378
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा रहेको त्रुटिको छानबिन गर्न गठित विशेष समितिलाई २१ दिनको समयावधि तोकिएको छ ।  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलबाट गठित यस समितिमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई–दुई जना, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित अन्य दुई दलबाट एक–एक जना सांसद समावेश छन् ।

The current image has no alternative text. The file name is: samiti-2.gif

समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।

निजामती कर्मचारीसम्बन्धी विधेयकमा ‘कूलिङ पिरियड’ को व्यवस्थामा भएको हेरफेरको छानबिन गर्न गठित यो समितिका लागि सबै दलले आफ्ना सांसदको नामावली बुझाइसकेका छन् ।

राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने प्रावधान थपिएको भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्