Logo
Logo

युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न आदेश


1.4k
Shares

काठमाडौं । नक्कली नोट कारोबारको सजाय भुक्तान गरेर छुटेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ गरिएकोमा काठमाडौं जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई धरौटी छाड्न आदेश दिएको हो । 

The current image has no alternative text. The file name is: younus.gif

प्रहरीले अन्सारीविरुद्ध अनुसन्धान पूरा गरी शुक्रवार ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम सहित मुद्दा दायर गरेको थियो । अन्सारी १० जेठ २०८२ मा नख्खु कारागारबाट छुटेका थिए, तर तुरुन्तै पुनः पक्राउ परेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

२०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्सारीसहित ६ जना पक्राउ परेका थिए । उनीहरूबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक-४९ वर्षीय मोहम्मद अख्तर (राहदानी नं. एए १२४५४९४), ६७ वर्षीय नासिर उद्दिन (राहदानी नं. एआर २४०६४३२) र ३९ वर्षीय नादिया अनवर (राहदानी नं. सीएन १८१२०३२) थिए । उनीहरू कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।

अन्सारीसँगै रौतहट, बैरिया–१ का सुबल खान र भक्तपुर, बालकोटका रानाभाट पनि विमानस्थलबाट पक्राउ परेका थिए । यस मुद्दामा अन्सारीलाई ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । 

प्रतिक्रिया दिनुहोस्