Logo
Logo

देउवाको नेतृत्वमा पार्टीलाई व्यवस्थित गर्न चाहन्छौँ : विश्वप्रकाश शर्मा


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा थप सहयोग गरी पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति देउवासँगको सहकार्यमा महामन्त्रीहरूले पार्टी सङ्गठनलाई सुदृढ बनाउन लागिपरेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: bishwoparkesh.gif

उनले सभापतिबाट निरन्तर सहयोग प्राप्त भइरहेको पनि बताए । ‘आदरणीय सभापतिज्यूले हामीसँग हरेक कुरामा संवाद गर्नुहुन्छ, महामन्त्रीहरूसँग बसेर छलफल गर्नुहुन्छ, विभाग गठनमा ‘तयार गर्नुस्, म तयार छु’ भन्नुहुन्छ,’ शर्माले भने, ‘हामी थप सहयोग गरेर उहाँको नेतृत्वमा पार्टीलाई व्यवस्थित गर्न चाहन्छौँ ।’

महामन्त्री शर्माले सभापति देउवासमक्ष सह-महामन्त्रीहरूलाई पनि जिम्मेवारी तोक्न आग्रह गरे । यद्यपि, सह-महामन्त्रीहरूलाई कुनै जिम्मेवारी नदिएको भन्ने कुरा सत्य नभएको उनले प्रष्ट्याए । ‘सभापतिज्यूले सल्लाह गरेर सह-महामन्त्रीहरूलाई जिम्मेवारी तोक्नुपर्छ । तर, उहाँले सह-महामन्त्रीहरूलाई जिम्मेवारी नै नदिएको भन्ने बुझ्नु गलत हो,’ उनले भने ।

शर्माले केही सह-महामन्त्रीले भ्रातृ सङ्गठनको महाधिवेशनका लागि निर्देशन समितिको संयोजक र केहीले उपनिर्वाचनमा प्रदेश संयोजनको जिम्मेवारी पाएको बताए । ‘कसैले निर्देशन समितिको संयोजकको भूमिका पाउनुभएको छ, कसैले उपनिर्वाचनमा प्रदेश संयोजन गर्नुभएको छ,’ उनले भने, ‘तर, सह-महामन्त्रीहरूको इच्छालाई ध्यानमा राखेर स्थायी जिम्मेवारी तोक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्