Logo
Logo

कार्यकाल थप्ने अधिकार संविधानले दिएको छ : देउवा


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्न दबाब दिने नेताहरूलाई जवाफ फर्काएका छन् । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पार्टीको विधानअनुसार चार वर्षे कार्यकालमा एक वर्ष थप्ने र नेपालको संविधानअनुसार थप ६ महिना कार्यकाल लम्ब्याउने अधिकार रहेको स्मरण गराए ।

The current image has no alternative text. The file name is: deuwa.gif

‘नेपालको संविधानले ६ महिना थप्ने व्यवस्था गरेको छ । पार्टीको विधानले चार वर्षभन्दा बढी समय नदिने कुरा मैले नै भनेको हुँ,’ देउवाले बैठकमा भने, ‘मैले संविधानको कुरा गरेको हुँ । म संविधान मान्ने मान्छे हुँ ।’ देउवाले  भने, ‘मेरो कुरा म आफैँ जान्दछु । म छोड्छु भनेर छोड्ने मान्छे होइन, म अप्ठ्यारो मान्छे हुँ ।’ 

प्रतिक्रिया दिनुहोस्