Logo
Logo

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार


252
Shares

काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ ।

विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा सोमबारदेखि फसेका २ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान उद्धार गरिएको हो ।

घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि रुखमा चढेर बसेका थिए । उनीहरु दुवै जना एकै परिवारका हुन् ।

प्रतिक्रिया दिनुहोस्