
काठमाडौं । रसुवास्थित भोटेकोशीमा एक्कसी बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आज बिहान करिब ३ बजेतिर एक्कासी बाढी आएपछि उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरेका तीन प्रहरी सम्पर्कबिहीन भएका हुन् ।
सम्पर्कबिहीन हुनेहरुमा प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा रहेको रसुवाका डीएसपी हेम शाहीले बताए ।
चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन् । हालसम्म उनीहरुको पहिचान खुलिसकेको छैन ।











