Logo
Logo

त्रिशुली नदीमा दुईजनाको शव भेटियो, रसुवाबाट बगाएर ल्याएको आशंका


567
Shares

धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा दुई पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले बताए । उनले भेटिएका शवको अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार बेल्खुमा भेटिएका दुवै शव अन्दाजी ३५÷३६ वर्षका पुरुषको रहेको छ । शव रसुवाबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । डिएसपी हमालले नदी किनारमा खोजतलासका लागि प्रहरी परिचालन गरिएको बताए । उनले भने, ‘अहिले बहाब घटिरहेको छ । खोजतलास जारी छ ।’

प्रतिक्रिया दिनुहोस्