Logo
Logo

खेलाडी र प्रशिक्षक सम्मानित


252
Shares

दाङ ।  जिल्ला क्रिकेट सङ्घले एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई घोराहीमा सम्मानित गरेको छ । 

The current image has no alternative text. The file name is: keladi.gif

विजेता टोलीका महत्वपूर्ण सदस्य लमही नगरपालिका–५ का खनाल र सहायक प्रशिक्षक घोराही उपमहानगरपालिका–१३ का क्षेत्रीलाई घोराहीमा आज आयोजित कार्यक्रममा सम्मान गरेको हो । त्यसअघि दुवै जना सम्मिलित विजयी र्‍याली निकालिएको थियो । 

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलाडीको हौसला बढाउन र खेल भावनाको विकास गर्न खेलाडीलाई सम्मान आवश्यक रहेको बताए । जिल्लामा खेलाडी उत्पादनको राम्रो सम्भावना रहेको सङ्घका जिल्ला अध्यक्ष प्रदिप मजगैयाले बताए ।  

प्रतिक्रिया दिनुहोस्