
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
यसअघि सेयर धितो कर्जाको सीमा १५ करोड रहेको थियो । तर, यसपटक गभर्नर पौडेलले कर्जा सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याएका हुन् ।











