
काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले पहिले रहेको घरकर्जा वृद्धि गरिएको जानकारी दिएका हुन् ।
यसभन्दा पहिले नयाँ घर बनाउदा वा किन्दा बैंकबाट पाइने कर्जा २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो । नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।











