Logo
Logo

घट्दो ब्याजदरको लाभ उठाउन सकिन्छ : गभर्नर पौडेल


441
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा लगातार लगानी योग्य रकम (तरलता) बढ्दै जानु र ब्याजदर घट्दै गएकोले यसको लाभ उठाउनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा उनले बढ्दो तरलता र घट्दो ब्याजदरको लाभ उठाउन सकिने अवस्था रहेको बताएका हुन् । औसत मूल्य वृद्धिदरभन्दा निक्षेपको औसत ब्याजदर उच्च रहेकोले लाभ पनि उठाउन सकिने गभर्नर पौडेलले बताए । वित्तीय क्षेत्रमा स्थायित्व कायम रहनु सकारात्मक विषय रहेको उनको भनाइ छ ।

तर, बैंक तथा वित्तीय क्षेत्रको निष्क्रिय कर्जा अनुपात तथा गैर बैंकिङ सम्पत्ती र कालो सूचीमा पर्नेहरूको संख्या बढ्दै गएकोले सचेत रहनुपर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्