Logo
Logo

काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने


567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा निर्धारण गरेको छ ।  महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि  २५ अर्बको बजेट ल्याउने तय गरेको हो । 

बैठकमा प्रमुख शाहले विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय गरेको छ ।

शुक्रवार बस्ने ४० औँ नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्ने छ ।  नगरसभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् ।  

प्रतिक्रिया दिनुहोस्