काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रवार राति १२ बजेदेखि खोलिने भएकाले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा आइतबार बिहानसम्म सतर्क रहन विभागले अनुरोध गरेको हो ।
बाँधको सिल्ट सरसफाइका लागि शुक्रवार राति १२ बजेदेखि शनिवार दिउँसो १२ बजेसम्म ढोका खोल्ने तयारी भारतले गरेको छ । यसले महाकाली नदीको जलसतह बढ्ने सम्भावना रहेको भन्दै विभागले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।














