
काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ७ बजे बसुन्धारा किङ्गस अरिनामा सुरु हुने छ ।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको छ । दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३–० ले पराजित भएको थियो ।
पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन् । यस पटकपनि नेपालले आफ्नो मुख्य प्रतिद्वन्द्वी बंगलादेशलाई नै मानेको छ ।














