Logo
Logo

मोहम्मदसहित ३२ खेलाडी टी–२० विश्वकप छनोट क्याम्पमा


1.8k
Shares

काठमाडौं । टि ट्वान्टी विश्वकप एसिया तथा पुर्वी एसिया प्यासेफिक छनोटका लागि मोहम्मद आदिल आलम सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ ।

The current image has no alternative text. The file name is: alam.gif

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आदिल सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको हो । आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् ।

आदिल केही वर्ष अघि नेपाल टि ट्वान्टी लिगमा फिक्सीङ गरेको भन्दै प्रतिबन्धमा परेका थिए । प्रतिबन्ध फुकुवा पछि आदिलले पहिलो पटक प्रारम्भिक टोलीमा परेका हुन् । 

नेपालले आगामी अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दै छ ।  त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इण्डिजसँग ३ खेलको टि ट्वान्टी आई सिरिज पनि खेल्नेछ ।

प्रारम्भिक नेपाली टोली

प्रतिक्रिया दिनुहोस्