Logo
Logo

बुधबार मध्यरातीदेखि उपत्यकामा लकडाउन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ भदौ
बुधबार मध्यराती १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेक सेवा सञ्चालन नहुने भएकाले एक प्रकारको लकडाउन नै हो ।


उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो ।
सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्न लागिएको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य व्यवसाय बन्द हुनेछन् । यातायात पनि अत्याबश्यक बाहेक पूर्ण रुपमा बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्