Logo
Logo

आज सुनचाँदीकै मूल्य बढ्यो


630
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।

हिजो आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको चाँदी बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्