
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला ११ सय र सोमबार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो । सुन आज तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । तोलामा ५० रुपैयाँ घटेर आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।











