Logo
Logo

स्टार्कले तोडे ७८ वर्ष पुरानो विश्व रेकर्ड  


1.9k
Shares

काठमाडौं । मिचेल स्टार्कले टेस्ट क्रिकेटमा इतिहास रचेका छन् । वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट म्याचमा उनले आफ्नो १०० औँ टेस्ट खेलमा विश्व कीर्तिमान तोड्दै सबैभन्दा छिटो ५ विकेट लिने बलर बने । स्टार्कले केवल १५ बलमा ५ विकेट लिएर ७८ वर्ष पुरानो रेकर्ड तोकेका हुन् । जुन सन् १९४७ मा भारतविरुद्ध अस्ट्रेलियाका बलर एर्नी टोश्याकले १९ बलमा ५ विकेट लिएर बनाएका थिए । 

वेस्ट इन्डिजविरुद्धको दोस्रो इनिङमा स्टार्कले ७.३ ओभरमा मात्र ९ रन खर्चेर ६ विकेट लिए । तर उनको पहिलो २.३ ओभर (१५ बल) मा नै उनले ५ विकेट लिएर टेस्ट क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन् । यो उपलब्धिले उनले टोश्याकको रेकर्ड मात्र तोडेनन्, सन् २०१५ मा इङ्गल्याण्डका स्टुअर्ट ब्रोड र अस्ट्रेलियाका स्कट बोलान्डले बराबर गरेको रेकर्डलाई पनि उछिने । साथै, स्टार्कले यो म्याचमा टेस्ट क्रिकेटमा ४०० विकेटको कोसेढुंगा पनि पार गरे । 

म्याचको सुरुवातमै स्टार्कले आफ्नो पहिलो ६ बलमा ३ विकेट लिएर वेस्ट इन्डिजको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे । त्यसपछिको ९ बलमा थप २ विकेट लिँदै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरे । यो टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक यस्तो प्रदर्शन देखिएको हो ।मिचेल स्टार्कको यो प्रदर्शनले उनलाई टेस्ट क्रिकेटको एक इनिङमा सबैभन्दा छिटो ५ विकेट लिने बलरको रूपमा स्थापित गरेको छ। 

प्रतिक्रिया दिनुहोस्