Logo
Logo

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ


252
Shares

काठमाडौं । नेपाल टेनिस सङ्घले डेभिस कपको छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी रहेको बताएको छ ।  खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिँदै सङ्घले निष्पक्षता, पारदर्शिता र प्रदर्शनका आधारमा डेभिस कपमा नेपाली टिम छनोट गरिएको बताएको हो । 

सन् २०२४ को आईटीएफको शीर्ष २ हजारभित्र रहेकाले बास्तोला र नेपाल नम्बर एक प्रदीप खड्कालाई टिममा समावेश गरिएको उल्लेख गर्दै सङ्घले सन् २०२५ मा अभिषेकले पर्याप्त आईटीएफमा प्रतिस्पर्धा नगरेकाले उनको वरियता घटेको र प्रत्यक्ष समावेशको मापदण्डमा नपरेको उल्लेख गरेको छ ।  त्यसपछि अभिषेकलाई वाइल्ड कार्डबाट छनोट खेलमा सहभागी हुने अवसर दिए पनि उनले गुआममा आयोजना आईटीएफको प्रो प्रतियोगितामा सहभागी हुने निर्णय गरेको संघको दाबी छ । 

‘सङ्घले २०२५ अप्रिल २६ मा छनोट खेलको मिति सार्वजनीक गरिसकेको थियो र आईटीएफले तोकेको अन्तिम मनोनयन समयसीमा भएका कारण मिति परिवर्तन सम्भव थिएन ।’ टेनिस सङ्घले बिज्ञप्तिमार्फत भनेको छ, ‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य सबै खेलाडीलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन ।’ 

‘अभिषेक बास्तोलाले यो निर्णयबाट असन्तुष्ट हुनु स्वभाविक भएपनि नेपाल टेनिस सङ्घले स्थापित नियमअनुसार पारदर्शी ढंगले निर्णय गरेको थियो । जुन हामी दृढतापूर्वक दोहोर्याउँछौं ।’ सङ्घले भनेको छ । 

अभिषेकले संघविरुद्ध सामाजिक सञ्जालमा गलत आरोप लगाउने बाटो रोजेको उल्लेख गर्दै सङ्घले आफूहरू सधैँ निष्पक्ष, पारदर्शी र योग्यता आधारित चयन प्रक्रिया अपनाउने प्रतिबद्धता सहित अगाडि बढ्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्