Logo
Logo

शेयर काण्डमा मुछिए गभर्नर डा विश्वराज पौडेल


46.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वराज पौडेल हविब बैंकको शेयर काण्डमा मुछिएका छन् । नेपालको पहिलो संयुक्त लगानीको हिमालय बैंकमा पाकिस्तानको हविब बैंकको साढे १२ प्रतिशत शेयर रहेको छ ।

पाकिस्तानको हविब बैंकले उक्त शेयर बेचेर हिमालय बैंकबाट बाहिरिने सोच बनाएको वर्षौं भयो । तर, सरकार निकट दलाल र विचौलियाका कारण उक्त शेयर बिक्री गर्न सकेको थिएन ।

यसै कारण नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर हुने भनिएको हिमालय बैंक अन्तिम अवस्थामा आएर मर्जर भाँडिएको थियो । उक्त शेयर हात पार्न खोज्ने दीपक भट्टले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई प्रयोग गरेर अन्तिम समयमा मर्जर नै भाँडिएको थियो ।

त्यतिबेला तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हविब बैंकको शेयरको मूल्य प्रति कित्ता १३० रुपैयाँमा बिक्री गर्न स्वीकृति दिएको थियो । तर, त्यतिबेला दीपक भट्टको हिमालय रि इन्स्योरेन्सले उक्त शेयर खरिद गर्न सकेन ।

वर्षौदेखि हविब बैंकको शेयर खरिद गर्ने दाउ हेरेर बसेको दीपक भट्टलाई नयाँ गभर्नर डा विश्वराज पौडेल ‘भगवान’ भएर प्रकट भए । गभर्नर पदमा पौडेल नियुक्त भएपछि राष्ट्र बैंक स्वयंले प्रति कित्ता शेयर १३० रुपैयाँमा बिक्री गर्न स्वीकृत दिएकाहविब बैंकको शेयर प्रति कित्ता ११२ मा बिक्री गर्ने अनुमति दिएर करोडौं आर्थिक लाभ उठाएका छन् । यसबाट राज्यले लाभकरवापत २४ करोड गुमाउनुपर्ने भएको छ ।

हिमालय बैंकमा कर्मचारी सञ्चय कोषको १४.८५ प्रतिशत शेयर रहेको छ । उक्त शेयर खरिद गर्न कर्मचारी सञ्चय कोष पनि इच्छुक थियो । तर, अर्थसचिव दिनेश घिमिरेसँग दीपक भट्टको सेटिङ भएको हुँदा कर्मचारी सञ्चय कोषले टेण्डरमा भाग लिएन । हविब बैंकको साढे १२ प्रतिशत शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको भोलि बिहीबार अन्तिम दिन हो ।

दीपक भट्टले गभर्नर पौडेल र अर्थसचिव दिनेश घिमिरेसँग सेटिङ गरेर राज्यलाई २४ करोड घाटा पु¥याएर उक्त शेयर भोलि हात पार्दैछन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने माग कर्मचारी सञ्चय कोषका कर्मचारीहरुले गरेका छन् । यस घटनाले गभर्नर पौडेल बदनाम भएका छन् । उनी विचौलिया व्यापारीको इशारामा चलेको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्