Logo
Logo

सुनसान उपत्यका, अत्यावश्यकबाहेक हिँंडडुलमा समेत रोक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ भदौं । निषेधाज्ञा जारी भएपछि काठमाडौं उपत्यका सुनसान बनेको छ । सडक, गल्ली र बजार सुनसान छ । बजार पूर्णरुपमा बन्द भएका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीसहित जिल्ला सुरक्षाको प्रमुखको मंगलबार बसेको बैठकको निर्णयअनुसार बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा जारी भएको छ । उपत्यकामा निषेध जारी गरिएसँगै सवारी साधन प्राय ठप्प भएको छ । सवारी चेक जाँचमा कडाइ गरिएको छ भने अत्यावश्यकबाहेक हिँंडडुलमा समेत रोक लगाइएको छ । नयाँ सडक, लाजिम्पाट, नयाँ बानेश्वर, पुतलीसडक, कोटेश्वर, नक्साल, चाबहिललगायतका स्थानहरु सुनसान बनेका छन् । बजारमा फाट्टफुट्ट खाद्यान्न तथा औषधी पसलबाहेक बजार पूर्णरूपमा बन्द भएका छन् ।
चोेक चोकमा सुरक्षा चेक जाँच छ भने प्रहरीले सवारी साधन तथा हिँड्डुल गर्नेलाई कडाइका साथ चेक जाँच गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही साता यता संक्रमित बढ्दै गएको र समुदायमा समेत कोरोना संक्रमण फैलँने त्रास बढ्दै गएपछि निषध गरिएको हो ।

तस्बिर/रासस

प्रतिक्रिया दिनुहोस्