
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँ बढेको हो ।
यसअघि हिजो १ लाख ९२ हजार ३००मा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै हिजो २ हजार २६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार २८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।











